भक्तपुर । कोरोना महामारीले उपत्यकाका बिभिन्न अस्पतालमा अक्सिजन सिलिन्डको हाहाकार भएपछि जिल्लामा छरिएर रहेका सिलिन्डर खोजी गरेर महानगरिय प्रहरी परिसर भक्तपुरले उपलब्ध गराउन थालेको छ ।
सिलिन्डर संकलनको नयाँ स्वरुप निकाल्दै प्रहरीले भक्तपुरमा बन्द रहेका मोटर ग्यारेज, मेटल वर्कसप,कल कारखाना, कवाडी संकलन केन्द्र लगाएतका स्थानहरुबाट खाली तथा भरिएका अक्जिन ग्याँस सिलिन्डहरु संकलन गरेको अस्पतालमा पठाउने काम गरेको हो ।
यसरी संकलन गरिएका सिलिन्डर उपत्यकाका बिभिन्न अस्पतालहरुमा भक्तपुर प्रहरीले हस्तान्तरण गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरिले जानकारी दिए ।
उनले, भक्तपुरको एक निजि अस्पतालमा अक्सिजनको अभावमा दुइ जनाले ज्यान गुमाए लगतै संक्रमितहरुको उपचारमा सहजता होस् भन्ने उदेश्का साथ भक्तपुर प्रहरी यसरी सिलिन्डर बिभिन्न स्थानबाट संकलन गरेर अस्पतालहरुमा पठाउँदै आएको गिरिले बताए ।
पछिल्लो तिन दिनमा मात्र भक्तपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट संकलन गरेको ७५ सिलिन्डर खाली र २० अक्सिजन भरिएका सिलिन्ड उपत्यकाका भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्रि नगरपालिका अस्पताल, अल्का अस्पताल, भक्तपुर इन्टरनेस्नल अस्पतालमा सिलिन्डर पठाएको गिरिले बताए ।
भक्तपुर जिल्लका बिभिन्न स्थानमा सिलिन्डरको खोजी कार्य जारी रहेको भन्दै उनले भने यदि कसैसँग उपयोग नभएका सिलिन्डर भए तत्काल नजिकको अस्पताल या प्रहरीलाई सम्र्पक गरि सहोग गरिदिन भक्तपुर प्रहरीले आग्रह गरेको छ ।
हाल भक्तपुरका बिभिन्न प्रहरी कार्यालयहरुमा संकलन गरिएको ३५ सिलिन्डर मौजाद रहेको र अति आवश्यक रहेका अस्पतालको माग अनुसार उपलब्ध गराउने प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २६ आइतबार
Comments