काठमाडौं । विश्वमा कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३३ लाखनजिक पुगेको छ ।
पछिल्लो २४ घण्टाभित्र १२ हजार पाँच सय ६३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३२ लाख ९५ हजार आठ सय ५२ पुगेको छ । एकै दिन विश्वमा सात लाख ६८ हजार नौ सय ६६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
विश्वभर हालसम्म १५ करोड ८२ लाख ९५ हजार चार सय ७५ जनामा कोरोनाको सङ्क्रमण यकिन भइसकेको छ । सङ्क्रमितमध्ये १३ करोड ६५ लाख ७४ हजार तीन सय ७१ जना उपचारपछि निको भएका छन् । एक करोड ८४ लाख २५ हजार दुई सय ५२ जनाको उपचार जारी रहेकोमा एक लाख सात हजार सात सय २२ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मितिः २०७८ बैशाख २६ आइतबार
Comments