काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार २७०, भक्तपुरमा ३८१ र ललितपुरमा ४६२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र भएको छ। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् भने ५३ जनाको मृत्यु भएको छ।
प्रकाशित मितिः २०७८ बैशाख २५ शनिबार
Comments