काठमाडौँ । आज मे ८ अर्थात विश्व रेडक्रस दिवस हो । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने परम्परा छ । नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।
रेडक्रसको मुख्य कामहरुमा मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको छ । रेडक्रस १९२ भन्दा धेरै देशहरुमा रहेको छ । नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो । ७७ वटै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।
विश्व रेडक्रस अभियानले प्रत्येक वर्ष सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य विपत्तिका बेला विश्वभरिका ६५।५ करोड मानिसहरूलाई स्वास्थ्य तथा स्वच्छता, १०।६२ करोड मानिसहरूलाई खानेपानी तथा सरसफाइ र ७।९५ करोड मानिसहरूलाई खाद्यान्न तथा वस्तुगत सहयोग स्वरुप सेवा पु¥याउन सकेको छ भने नेपाल रेडक्रस सोसाइटीले पनि विपद पूर्वतयारी तथा प्रतिकार्य, स्वाथ्य सेवा, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, खानेपानी, सरसफाइ तथा स्वच्छता, मानवीय मूल्य प्रवर्धन, जोखिम सञ्चार, सामुदायिक संलग्नता तथा जवाफदेहिता र लैङ्गिक तथा समावेशीकरण जस्ता गतिविधिहरु मार्फत्वार्षिक रूपमा करिव ३० लाख व्यक्तिहरूलाई सेवा पु¥याउँदै आएको छ ।
यस दिवसमा रेडक्रस सोसाइटीका अध्यक्ष डा। नेत्र प्रसाद तिम्सिना र महामन्त्री पीताम्वर अर्यालले आज संयुक्त रुपमा शुभकामना सन्देश दिएका छन् ।
प्रकाशित मितिः २०७८ बैशाख २५ शनिबार
Comments