काठमाडौं । विश्वभरका १३ करोड ४० लाख ३६ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ६६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १३ करोडभन्दा बढी संक्रमण मुक्त भएका हुन् ।
हाल विश्वभर १ करोड ९३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकामा १ करोड ९२ लाखभन्दा बढीको स्वास्थ्य अवस्था सामान्य छ भने १ लाख ९ हजार गम्भीर छन् ।
नेपालमै पनि हालसम्म २ लाख ९२ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ६८ हजार ५ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २७ सय ७ जनाले संक्रमण जितेको मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ९ हजार ७० जनामा संक्रमण देखिएकामा ५४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २४ शुक्रबार
Comments