काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षणमा ८ हजार ९७० जना र ७७५ जनाको एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस कोभिड–१९ का कारणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५२९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३१४ जना र सक्रिय संक्रमित ७२ हजार ५६१ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २३ बिहिबार
Comments