काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ५ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १६ हजार १३१ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २५ लाख ३७ हजार २९५ पुगेको छ । गत २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ । हाल २५३ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १७ सय ७५ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ८१ दशमलब ९९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments