भक्तपुर । भक्तपुरको सूर्यबिनायकमा सुत्केरीलाई सेकताप गर्ने क्रममा एकको मृत्यु भएको छ भने दुइ जना निसासियर अचेत भएका छन् ।
बच्चा भने सो राति घटना हुन अगावै भाञ्जा पर्ने सोनाम तामाङको साथी जेम कुसुलेको जेठान दाई र दिदिलाई पालान पोषणका लागि जिम्मा दिएकाले बच्चा सुरक्षित रहेको प्रहरीको भनाई छ ।
भक्तपुरको सूर्यबिनायक १० मा एकै परिवारका तीनजना अचेत अवस्थामा फेला परेका मध्य एकको मृत्यु भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जनाकारी दिए ।
अचेत अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-३ गुडुवाल घर भई हाल सूर्यविनायक-१० मिलन चोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अचेत अवस्थामा मृतककी आमा वर्ष ४० की शान्ती माया ब्लोन तामाङ, बहिनी वर्ष १८ की अनिता तामाङको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटना स्थलको प्रकृति हेर्दा अनिता तामाङ सुत्केरी भएकोले सुत्केरीलाई सेकताप गर्न मकलमा बालेको कोइला र सम्पूर्ण झ्याल ढोका बन्द अवस्थामा रहेकाले अक्सिजन अभावमा अचेत भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
अस्पताल भर्ना भएकाहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर, राम्ररी बोल्न सक्ने अवस्थामा नरहेका अस्पताल स्रोतले जानकारी दिएको छ।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments