भक्तपुर । भक्तपुरमा संक्रमितको संख्या दिन प्रतिदिन बढेसँगै अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको छ ।
भक्तपुर अस्पतालमा दैनिक २०० सिलिन्डर आवश्य रहेता पनि हाल भने १०० सिलिन्डरले काम चलाउनु परेको भक्तपुर अस्पतालका मेसु सुमित्रा गौतमले जानकारी दिइन् ।
उनले भनिन्, १०० सिलिन्ड बिरामीका लागि रोटेसनमा राखिएता पनि अक्सिजन आवश्यकता रहेता संक्रमितको संख्या बढेसँगै सिलिन्डर अभावले चरमता पाएको हो ।
गए सोमबार राती अक्सिजन सिलिन्डरको अभाव बढपछिद सँगै रहेको क्यान्सर अस्पतालबाट थप १० सिलिन्डर ल्याएर संक्रमितको उपचार गरिएको गौतमले बताइन् ।
पहिलो लहरको कोरानको समयमा आएका बिरामीहरुमा सामान्य लक्षण देखिएकाले अक्सिजनको खासै अभाव नरहेता पनि दोस्रो चरणमा देखिएको कोरोना संक्रमितहरुमा स्वास्प्रस्वासमा देखिएको समस्यालाई मध्यनजर गर्दै अक्सिजन सिलन्डरको आवश्यकता रहेको गौतमले बताइन् ।
संक्रमितहरुको बढ्दो चाप र अक्सिजन सिलिन्डरको बढ्दो अभावलाई मध्यनजर गर्दै यदि कसैले घरमा बिनाकाम अक्सिजन सिलन्डर होल्डर नराखिदिन गौतमले आग्रह गरिन् ।
हाल भक्तपुर अस्पतालमा ५६ जना संक्रमित उपचारत रहेको गौतमले बताइन् ।
बिभिन्न संघसंस्थाहरुले अक्सिजन सिलिन्डर उपलब्ध गराउने भनि प्रतिबद्धत जनाएता पनि हाल सम्म सिलिन्डरकै अभाव रहेका कारण अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउन नसकिएको संघसंस्थाले जनाएका छन् ।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments