काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझै कडा बनाउने तयारी गरिएको छ। कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञालाई लम्ब्याइने र थप कडा बनाउने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ।
थप एक साताका लागि लम्ब्याइने निषेधाज्ञामा अझै कडाई गरिने प्रसाशनले जनाएको छ । काेराेना महामारीको संक्रमण फैलिने क्रम बढेसँगै अस्पतालमा बेड अभाव सुरु भइसकेको छ । यसै समस्यालाई मध्यनजर गर्दै उपत्यकाको निषेधाज्ञा थप कडाइका साथ लम्ब्याइने जनाइएको हाे ।
निषेधाज्ञालाई कडा बनाउन आवागमन नियन्त्रण सम्बन्धी आदेश जारी गर्ने तयारी गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अहिले निषेधाज्ञा भए पनि आवागमन भइरहेको छ। निजी तथा सरकारी सवारी साधन पनि निर्वाध रुपमा गुडिरहेका छन्। यसले भीडभाड बढेको र कोरोनाको चेन ब्रेक गर्न नसकिएको प्रमुख जिल्ला अधिकारीको निष्कर्ष रहेको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा कडाइ गर्नुपर्ने सुझाव दिएका छन्। विज्ञहरुको सुझाव अनुसार कडाइ गर्न लागिएको जनाएको छ।
यस विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यस विषयमा छलफल भइरहेको र छिट्टै थप आदेश जारी हुने उनले बताए।
अहिले सरकारी तथा वित्तीय संस्थाका सवारी साधानहरु सञ्चालनमा आइरहेका छन्। त्यस्तै, विभिन्न संघसंस्थाका पनि चलिरहेका छन्।
अब बैंक तथा वित्तीय संस्थाका एक पांग्रे र दुई पांग्रेस सवारी साधन चल्न दिने र चार पांग्रेस रोकिने भएका छन्। त्यस्तै, सरकारी कार्यालयका पनि ५० प्रतशित सवारी साधन मात्रै चल्ने दिने आदेश जारी हुन लागेको हो।
त्यस्तै, पैदल यात्रुलाई पनि कडाइ गरिने भएको छ। पैदल यात्रुले अत्यावश्यक कामको औचित्य पुष्टि हुने प्रमाण देखाउनु पर्नेछ। जारी निषेधाज्ञा २२ गते (बुधबार) राति १२ बजेसम्म मात्र लागु हुने भएकाले थप निर्णयका लागि आज तीन जिल्लाका अधिकारीबीच बैठक बस्न लागेको हो ।
प्रकाशित मितिः २०७८ बैशाख २१ सोमबार
Comments