भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणपश्चात् ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । कोरोना संक्रमणको दोस्रो चरणमा थप तीन पुरुष र एक महिला गरी ४ जनाको मृत्यु भएसँगै भक्तपुरमा संक्रमित मृतकको संख्या १३५ पुगेको हो । मृत्यु हुनेहरुमा ८८ पुरुष र ४७ महिला रहेका छन्। मृत्यु हुनेहरुमा ८८ पुरुष र ४७ महिला रहेका छन्।मृत्यु हुनेहरुमा ८८ पुरुष र ४७ महिला रहेका छन्।
भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा धेरै संक्रमितको मृत्यु भएको छ। यहाँ ३१ पुरुष र १७ महिला गरी ४८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा ३१ पुरुष १५ महिला गरी ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। सूर्यविनायक नगरपालिकामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ पुरुष र १३ महिला छन्।
चाँगुनारायण नगरपालिकामा ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए।
भक्तपुरमा हाल १ हजार ८३१ जना सक्रिय संक्रमित छन्। तीमध्ये ४८ पुरुष र ५० महिला गरी ९८ जना विभिन्न अस्पताल र ९ सय ५० पुरुष र ७ सय ८३ महिला गरी १ हजार ७३३ जना होम आइसोलेसनमा उपचार गराई रहेको उनले जानकारी दिए।
भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ६ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। मध्यपुर थिमिपछि सूर्यविनायक नगरपालिकामा ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै भक्तपुर नपामा ३ सय ६ जना र चाँगुनारायण नपामा दुई सय ८ जना सक्रिय संक्रमित रहेको मिजारले बताए।
भक्तपुरमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा हालसम्म ६ हजार ५८५ पुरुष र ५ हजार १६० जना महिला गरी कुल ११ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
जसमध्ये ५ हजार ४ सय ९९ पुरुष र ४ हजार २ सय ८० महिला गरी ९ हजार ७ सय ७९ जना डिस्चार्ज भएका छन्।
प्रकाशित मितिः २०७८ बैशाख २१ सोमबार
Comments