काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । यस अघि भारतमा पहिलो पटक गत शनिबार १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६६ लाख ७०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ छ ।
यस्तै त्यहाँ एकैदिन ३४ सय ३८ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments