काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ जनाको पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ जनाको एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस ९कोभिड–१९० का कारणबाट पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३६२ जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा २१२ जना र सक्रिय संक्रमित ५४ हजार ४१ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २० सोमबार
Comments