काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा लाख ९२ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मको दोस्रो धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५९ लाख ८१ हजार ७७२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५२ हजार ३६१ छ । यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा ३६ सय ८८ संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १९ आइतबार
Comments