काठमाडौं । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५५१ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३२ लाख ५ हजार ७८६ पुगेको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९० हजार ७०४ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६ हजार ५५६ जनाको मृत्यु भएको छ ।
मृतक र संक्रमितका आधारमा मेक्सिकोपछि भारत चौथो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।
प्रकाशित मितिः २०७८ बैशाख १९ आइतबार
Comments