काठमाडौं । कोरोनाभाइरस संक्रमण भएपछि विभिन्न मानिसहरुलाई विभिन्न समस्या देखिन थालेको छ । पछिल्लो समय आएको कोरोनाभाइरसको नयाँ म्युटेसनका कारण थप समस्या भएको बताउनपनि थालिएको छ ।
तर, कोरोनाभाइरस संक्रमण भएको सुरुवाती चरणमा पनि थाहा पाउन सकिन्छ । ज्वरो आउनु, घाँटी दुख्नु, खोकी लाग्नु, शरीर दुख्नु, थकान लाग्नु, झाडापखाला हुनुलाई कोरोनाका लक्षण भनिएको छ ।
तर, अब कोभिड टंग भन्ने नयाँ कुरा पनि आएको छ जुन कोरोनाभाइरस संक्रमण भएको थाहा पाउनका लागि सबैभन्दा पहिले लक्षण हो ।
कोभिड टंग, अर्थात् जिब्रोमा पर्ने प्रभावलाई नै कोभिड टंग भनिएको हो । यसबाट पनि कसैलाई कोरोनाभाइरस संक्रमण भए नभएको थाहा पाउन सकिने बताइएको छ ।
पहिले स्वाद र वास्ना हराउने भनिए पनि पछिल्ला अध्ययनहरुले कोरोना संक्रमण भएपछि जिब्रोमा असर पर्ने पत्ता लगाएका छन् । अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले कोरोनाका कारण जिब्रोको गुलाबी रंग हराउँदै जाने गरेको देखिएको बताएको हो ।
त्यसैले जिब्रोको रंगमा परिवर्तन आएको छ भने तत्काल कोरोना परीक्षण गर्नु पर्ने बताउन थालिएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख १६ बिहिबार
Comments