भक्तपुर । भक्तपुरको बिस्का जात्रा अन्र्तगतको उभ्याईने लिंगो अझै सम्म उभ्याउन सकिएको छैन ।
नयाँ बर्षको पूर्व सन्धयामा उभ्याइनै ५५ हाते लिंगो राती अवेर सम्मको प्रयासमा उभ्याउन सकिएन ।
लिंगो उभ्याउने क्रममा लिंगोको ठेग राखिने स्थानबाट उछिटिय पछि लिंगो उभ्याउने काम स्थगन गरिएको थियो ।
लिंगो उभ्याउने क्रममा उछिटिएको लिंगोले च्याप्दा दुइ घाइते भएको भक्तपुर प्रहरीले जनाएको छ ।
जसमध्ये एक जनाको छातिमा लिंगोले च्याप्दा गहिरो चोट लागेको र उनको उपचार मध्यपुर अस्पतालमा भईरहको प्रहरीले जनाएको छ । त्यस्तै अर्का ब्यत्ति भने सामान्य उपचार पछि घर फिर्ता भइसकेका छन् ।
लिंगो उभ्याउने क्रममा तालमेल नमिल्दा र लिंगो उभ्याउन प्रयोग गरिने डोरी कम्जोर भएर चुँडिदा समयमा लिंगो उभ्याउन नसकिएको हो ।
नयाँ बर्षको पूर्व सन्ध्यामा उभ्याएर नयाँ बर्षको साझ ढालिनु पर्ने लिंगो यो बर्ष भने नयाँ बर्षकै दिन उभ्याँइने र आजै ढालिने भक्तपुर गुठि संस्थानका प्रमखु आनन्द कर्मचार्यले जानकारी दिए ।
नयाँ बर्षको पूर्व सन्ध्यामा उभ्याईने लिंगो कमसल डोरीका कारण उभ्याउन नसकिएको बताउँदै कर्मचार्यले भने नयाँ बर्षको दिनमा नयाँ डोरीको प्रयोग गरि लिंगो आजै उभ्याउने र आजै ढालिने छ ।
कर्मचार्यले भने लिंगो भाँचियमा दश कर्म बिधि गरि पुन नयाँ लिंगो ल्याएर उभ्याइने गरिन्छ तर लिंगो नभाँचिएको र उभ्याउन मात्रा नसकिएका कारण आज लिंगो उभ्याइने र ढालिने छ ।
लिंगो उभ्याने कामले पूर्णता पाउन नसक्दा बिस्का जात्रा अन्र्तगत भक्तपुरको टोल टोलमा सञ्चालन गरिने अन्य खट जात्राहरु प्रभावित बनेका छन् । जस अन्र्तगत बाराहिको टिप्प जात्रा समेत रोकिएको छ ।
भक्तपुरमा लिंगो उभ्याईपछि गरिने अन्य जात्राहरुसमेत रोकिएका छन् ।
यस्तै नयाँ बर्षको अघिल्लो दिन बिहान कुमाले टोलमा हात नभएको लिंगो उभ्याइन्छ भने बेलुका भेलुखेलमा ५५ होत लिंगो उभ्याउने गरिन्छ ।
प्रकाशित मितिः २०७८ बैशाख १ बुधबार
Comments