काठमाडौं । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा पूर्व सावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले मंगलवारदेखि १५ दिनका लागि बिदा दिएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमवार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप मंगलवारदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जानकारी दिएका छन् ।
विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जानकारी दिइएको छ ।
प्रकाशित मितिः २०७७ साउन २७ मंगलबार
Comments