भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्न बोर्डले बैठक बस्ने तयारी गरेको हो ।
नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर सोमवार नै नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ । गत बैशाख महीनामा कक्षा १२ को परीक्षा भएको थियो जसमा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।
प्रकाशित मितिः २०७६ साउन १३ सामेबार
Comments