भक्तपुर, १७ जेठ । १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साता आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार गत वर्ष असार २ गते नतिजा प्रकाशित भएता पनि यस वर्ष असारको दोस्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी भएको जानकारी दिए ।
कर्मचारीको अभाव, समयमै जिल्लाबाट उत्तर पुस्तिका नआउनु, र परीक्षा नियन्त्रण कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारीको आगमन लगायतले नतिजा प्रकाशनमा केही ढिला हुने उनले बताए । यो बर्ष नयाँ कर्मचारी आउनु र संपरीक्षण लगायतका कार्यमा ढिलाइ हुनुले समेत नतिजा ढिलाइ हुन गएको उनको भनाई छ ।
एसइईको नतिजा असार दोस्रो साता
0
Share.
Comments