काठमाडौ, १३ भदौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह प्रथम वर्षको १७ गते शनिबार हुने भनिएको परीक्षा भदौ ३१ गतेका लागि सारिएको छ ।
आइतबारदेखि सुरु भएको स्नातह तह प्रथम वर्षको सबै संकायको भदौ १७ गतेको परीक्षा ३१ गतेका लागि सारिएको हो । १७ गते शनिबारसंगै बकर इद परेकाले ३१ गतेका लागि सारिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
यसअघि ४ गते परेको परीक्षा बाढी पहिरोको कारण देखाउँदै १७ गते शनिबारका लागि सारिएको थियो ।
स्नातक तह प्रथम वर्षको १७ गते हुने परीक्षा सर्यो
0
Share.
Comments