एजेन्सी, ८ माघ । ट्रम्पको शपथ ग्रहण समारोह भइरहेका बेला अमेरिकामा विरोध प्रदर्शन भएको थियो । स्थानीय प्रहरीले दुई सय जना भन्दा धेरैलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनको क्रममा कम्तिमा ६ अधिकारी घाइते भएका छन् । एउटा गाडीमा आगो लगाइएको छ । महिलाहरुले अहिले राजधानी वासिङटनमा प्रदर्शनको तयारी गरेका छन् । ट्रम्पको विरोधमा हुने र्यालीमा दुई लाख भन्दा धेरै मानिस सहभागी हुनेछन् ।
ट्रम्पको राष्ट्रपतीय कालमा महिलामाथि विभेद, रंगभेदी व्यवहार हुन सक्ने खतरा रहेकाले त्यसप्रति विश्वको ध्यानाकर्षण गराउन प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन् । यस्तै खालको प्रदर्शन अस्ट्रेलिया, न्युजिल्याण्डसहितका विश्वका धेरै देशमा भइसकेको छ ।
ट्रम्पको विरोधमा प्रदर्शन
0
Share.
Comments