काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकी तल्लो सदनको सदस्यमा निर्वाचित एक सांसदको निधन भएको छ । ४१ वर्षिय लुक लेटलो लुइजियाना राज्यको फिफ्थ डिस्ट्रिक्टबाट हाउस अफ रिप्रिजेनटेटिभ सदस्यमा निर्वाचित भएका थिए ।
उनको निधन मंगलवार भएको हो । रिपब्लिकन पार्टीबाट निर्वाचित भएका उनी आउँदो आइतवार सांसदको शपथ लिने तयारीमा थिए ।उनी गएको डिसेम्बर ५ मा भएको रनअफ चुनावमा सांसदमा निर्वाचित भएका थिए । उनले १८ डिसेम्बरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका थिए ।
प्रकाशित मितिः २०७७ पौष १५ बुधबार
Comments