काठमाडौ । क्रिसमसको दिन मृत्यु भएका चिनियाँ गेम टाइकूनलाई विष दिएर हत्या गरिएको पुष्टि भएको छ । चीनको शांघाई प्रहरीले यसबारे जानकारी दिएका हुन् । ३९ वर्षीय लिन ची, यूजू नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा कार्यकारी अधिकारी थिए । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्राटिजी गेम बनाएका कारण धेरैले चिन्दथे ।
सांघाई प्रहरीले बयान जारी गर्दै चीका एक मुख्य सहयोगीलाई मुख्य संदिग्ध बताएको छ । यद्यपि, प्रहरीले ती व्यक्तिको नाम उजागर गर्न अस्विका रगरेको छ र उनलाई उनको उपनाम जूमार्फत् सम्बोधन गरिएको छ ।
हुरुन चाइना रिच लिस्टका अनुसार लिनको कुल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् करिब एक अर्ब डलर थियो । सांघाई प्रहरीका अनुसार चीनको कम्पनीका थुप्रै कर्मचारी तथा पूर्व कर्मचारी शोक प्रकट गर्नका लागि उनको कार्यालयमा जम्मा भए ।
कम्पनीले आफ्नो आधिकारिक वीबो माइक्रोब्लगमा एक भावनात्मक बयान पनि जारी गर्यो । उनीहरुले लेखे, ‘अलविदा युवा… हामी सँगै हुनेछौं, दयालु हुनेछौं । सकारात्मकतामा विश्वास गरिरहनेछौं र जे खराब छ, त्यसविरुद्ध लडाईं जारी राख्नेछौं ।’
पोस्टमा हज्जारौंले कमेन्ट गरे र यसलाई विबोमा २० करोडभन्दा बढी पटक हेरिएको छ । गेम अफ थ्रोन्ससँग सम्बन्धित गेमबाहेक यूजूले ब्रोल स्टारजस्ता थुप्रै सुपरहिट गेम पनि बनाएका छन् ।
एजेन्सी
प्रकाशित मितिः २०७७ पौष १३ सोमबार
Comments