काठमाडौं । अफनानिस्तानको राजधानी काबुलका डेपुटी गभर्नर र उनको सुरक्षाकर्मीको विस्फोटमा परेर मृत्यु भएको छ । उनी सवार सवारीसाधनमाथि अज्ञात समूहले बम प्रहार गरेको थियो । डेपुटी गभर्नर महबुबउल्लाह मोहेबी उनका निजी सुरक्षाकर्मीसहित मंगलबार यात्रा गरिरहेका थिए ।
अफगानिस्तानको ‘टोलो समाचार’का अनुसार मोहेबी र उनका सुरक्षाकर्मीको विस्फोटमा परी मृत्यु भएको काबुल प्रहरीले जनाएको छ ।
मोहेबीमाथिको आक्रमण कुनै पनि समूहले दाबी गरेको छैन । गत साता पनि अफगान सरकारका प्रोसिक्युटरको गोली हानी हत्या भएको थियो । मंगलबार नै काबुलमा भएको अर्को गोली प्रहारबाट एक प्रहरीको मृत्यु हुनुको साथै एकजना प्रहरी घाइते भएको काबुल पुलिसका प्रवक्ता फेरदास फारामर्जले बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ३० मंगलबार
Comments