काठमाडौं । टाइम म्यागजिनले अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति घोषणा गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर ह्वाइट हाउसको यात्रा तय गरेका डेमोक्रेट बाइडेन र ह्यारिसलाई विभाजनबाट अमेरिकालाई बचाउन र अमेरिकाको इतिहास परिवर्तन गर्न सक्षम भएको भन्दै सम्मानित गरिएको म्यागजिनले जनाएको छ।
प्रकाशित मितिः २०७७ मंसिर २६ गते शुक्रबार
Comments