काठमाडौं । बेलायतमा मंगलवार विश्वको पहिलो स्विकृत कोरोनाविरुद्धको भ्याक्सीन लञ्च गरिएको थियो । साथै बेलायत कोरोना विरुद्धको स्विकृत भ्याक्सीन लञ्च गर्ने विश्वकै पहिलो देश बनेको छ । तर यसको केहि समय पछि साम्ने आएका छन् ।
त्यहाँ भ्याक्सीनको डोज लिएर दुई स्वास्थ्यकर्मी बिरामी भएका छन् । दुबै स्वास्थ्यकर्मीको नाम साम्ने आएको छ । सूचनाका अनुसार भ्याक्सीनबाट रिएक्शन आएको छ । उनीहरुको अवस्था स्थिर रहेको छ । एलर्जीका गम्भीर बिरामीले भने फाइजरको भ्याक्सीन नलिन अनुरोध गरिएको छ ।
जसका कारण बेलायतमा पनि धेरै मानिसहरु भ्याक्सीन लिनबाट वञ्चित भएका छन् । त्यहाँ ७० लाख मानिसलाई गम्भीर एलर्जी रहेको बताइएको छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर २५ बिहिबार
Comments