काठमाडौं । भारतले थप ४३ चिनियाँ मोबाइल एपलाई प्रतिबन्धित लगाएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले मंगलबार ती एपमाथि प्रतिबन्ध लाउने निर्णय गरेको हो।
प्रतिबन्धित एपहरुमध्ये चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एपहरू रहेका छन् । ती एपहरुले भारतको सार्वभौमसत्ता र गोपनीयलाई खलल् पुर्या७शधवसउने दावी गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार हालसम्म भारतले २६७ मोबाइल एपलाई प्रतिबन्ध लगाइसकेको छ ।
भारतले केही महिनाअघि भिडियो सेयरिङ एप टिकटक र पब्जी खेलको एपमा प्रतिबन्ध लगाएको थियो । चिनियाँ मोबाइल एपहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरू संकलन गरी चीन पु–याएको आरोप भारतले लगाएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर १० बुधबार
Comments