एजेन्सी, २४ मंसिर । प्रशान्त महासागरको सोलोमन टापुमा भूकम्प गएको छ । भूकम्प ७ दशमलव ७ रेक्टर स्केलको गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिइए पनि खतरा नरहेको भन्दै फिर्ता लिइएको खबर बिविसीमा उल्लेख छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको बिविसीले माध्यमले जनाएको छ ।
प्रशान्त महासागरमा ७.७ रेक्टरको भूकम्प
0
Share.
Comments