एजेन्सी, २० मंसिर । इन्डोनेसियाको पूर्वी तटिय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आज बिहान ९ बजेर २८ मिनेट जाँदा ६ म्याग्नेच्युटको भूकम्प गएको हो । समुद्रमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
भूकम्पको केन्द्रविन्दु माउमेरेबाट करिब १९० किलोमिटर उत्तरपूर्वमा रहेको थियो भने यसको गहिराई ५२२ किलोमिटर तल रहेको थियो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छैन भने क्षति वा हताहतीबारे हालसम्म कुनै समाचार आएको छैन ।
इन्डोनेसियामा शक्तिशाली भूकम्प
0
Share.
Comments