एजेन्सी, १३ मंसिर । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले नोभेम्बर ८ मा भएको चुनावमा दशौं लाखले अवैध रुपमा मत हालेको बताएका छन् । ट्रम्पले दशौं लाखले अवैध रुपमा मतदान गरेको र त्यस्तो मत हटाउने हो भने पपुलर मतमा आफू अघि हुने दाबी गरे । ट्रम्प महत्वपूर्ण इलेक्ट्रोल कलेजमा अघि रहेर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। तर पपुलर मतमा भने ट्रम्प डेमोक्र्याटिक हिलारी क्लिन्टन भन्दा २२ लाख भन्दा धेरै मतले पछि छन् ।
ट्रम्पले दशौं लाखले अवैध मतदान गरेको दाबी गरे पनि त्यसमा कुनै प्रमाण भने भेटिएको छैन । हिलारी क्लिन्टनले विस्कन्सिन प्रान्तमा ग्रिन पार्टीका उम्मेदवारले दर्ता गरेको पुनः मतगणना हुनु पर्ने सम्बन्धी निवेदनको समर्थन गर्ने बताएपछि ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पले ट्वीट गरेर दशौं लाखले अवैध मतदान गरेकाले आफू पपुलर मतमा पछि परेको दाबी गरेका छन् ।
Comments