काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसारका शक्तिशाली व्यक्तिमा गनिन्छन् । ट्रम्प आज भारतको दुई दिने भ्रमणमा भारत आएका छन् । गुजरातमा ट्रम्पका लागि नमस्ते ट्रम्प कार्यक्रमको आयोजना गरिएको छ । त्यसपछि ट्रम्प ताजमहल जाने कार्यक्रम रहेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति परिवारलाई खान र सुरक्षा दिनकालागि शाही बन्दोबस्त गरिएको छ । दिल्ली भिजिटको अवसरमा ट्रम्पलाई सुन र चाँदीबाट तयार गरिएका भााँडाहरुमा खाना खाने बन्दोबस्त मिलाईएको हो ।
डोनाल्ड ट्रम्प उनकी पत्नी मेलानिया ट्रम्प र उनका छोरी ज्वाई सहित भारतको भ्रमणमा आउका हुन् । उनीहरु सबैले खाने भाँडाहरु सुन र चाँदीका बनाईएको छ भने शाही टेवलवेयर पनि बनाईएको छ ।
उक्त सामाग्रीहरुलाई ट्रम्प कलेक्सन नाम दिइएको छ । अमेरिकाका पूर्व राष्ट्रपति सन् २०१० मा भारत भ्रमणमा आउदा पनि यसै प्रकारको सामग्रीहरु प्रयोग गरिएको थियो ।
प्रकाशित मितिः २०७६ फागुन १२ सोमबार
Comments