काठमाडौं । दुई दिने भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आइपुगेका छन् । श्रीमती मेलियानासहित आएका ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंकमालसहित स्वागत गरे । राष्ट्रपति ट्रम्पले भारतमा रहँदा दिल्ली, आग्रा र गुजरातको भ्रमण गर्नेछन् ।
गुजरातको अहमदाबादमा राष्ट्रपति ट्रम्पले एक लाख नागरिक सामेल हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ट्रम्पको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई मध्यनजर गर्दै ट्रम्प भारत भ्रमणमा आएका हुन् । अमेरिकामा हजारौं आप्रवासी भारतीय मतदाता छन् । तिनलाई आफ्नो प्रभावमा पार्न ट्रम्पको भारत भ्रमण भएको अनुमान गरिएको छ ।एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन १२ सोमबार
Comments