काठमाडौं । चीनले नेपाली नागरिकलाई दिँदै आएको प्रवेशाज्ञा (भिसा) को दस्तुर वृद्धि गरेको छ । चीन सरकारले यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै दोब्बर बढीले शुल्क वृद्धिको निर्णय गरेको हो ।
अब नेपालीले चीनको भिसाका लागि ६ हजार २ सय बुझाउनुपर्ने भएको छ । यसअघि २ हजार २ सय तिर्नुपर्ने थियो ।
त्यस्तै, अन्य देशका नागरिकसँग भिसाबापत लिँदै आएको शुल्कमा पनि चीनले वृद्धि गरेको छ । अमेरिकी नागरिकसँग यसअघि १५ हजार रुपैयाँ भिसा शुल्क लिँदै आएकोमा त्यसलाई बढाएर १९ हजार रुपैयाँ पुर्याइएको छ ।
चियोङ्गका अनुसार कर्मचारी, उपकरण, सञ्चालन खर्च तथा नेपालको कानूनअनुसारको करलगायत कारणले भिसा शुल्क वृद्धि गर्नुपरेको हो ।
प्रकाशित मितिः २०७६ फागुन १२ सोमबार
Comments