काठमाडौं । आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले भारतको राजधानी प्रदेश दिल्ली सरकारको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
रामलीला मैदानमा आइतवार आयोजित विशेष समारोहमा केजरीवालले तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिएका हुन् । उपराज्यपाल अनिल बैजलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
उनीसँगै मनीष सिसोदिया, सतेन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुनेन र राजेन्द्र पाल गौतमले मन्त्री पदको शपथ लिएका छन् ।
प्रकाशित मितिः २०७६ फागुन ४ आइतबार
Comments