काठमाडौं । पपुआ न्यु गिनीमा आइतबार ६.२ रेक्टर स्कले म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी भने दिइएको छैन।
युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समयअनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो।
अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराइ कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुनसक्ने बताए।
मानवबस्ती पातलो रहेको र घरहरूको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास गरे। पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो। एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
Comments