काठमाडौँ । विश्वमै धेरै कमाउने सेलेब्रिटीको सूचीमा पप गायिका टेलर स्विफ्ट परेकी छन् । हालसालै मात्र फोब्र्सले विश्वमै धेरै कमाउने यि सेलेब्रिटीको नाम सार्वजनिक गरेको हो ।
२०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष १० मा २ महिलाको नाम सार्वजनिक भएको छ । विशेष कुरा के छ भने यो सूचीको पहिलो र दोस्रो स्थानमा महिला परेका छन् । यो सूचीमा गायिका टेलर रहेकी छन् ।
स्विफ्टले यो स्थान काइली जेनर, ग्लोबल स्टार लिओनल मेसी, क्रिस्चियानो रोनाल्डो, नेमार, जेके रोलिङ तथा हलिउड अभिनेता इभेन जोनसनजस्ता स्टारलाई पछि पार्दै हासिल गरेकी हुन् । स्विफ्टले आफ्नो पछिल्लो वर्षको रेपुटेसन स्टेडियम टुर अमेरिकामा अहिलेसम्मकै सर्वाधिक कमाउने शो बनिसकेको छ ।
यो शोको माध्यमबाट उनले ३ अर्ब भन्दा बढी रकम कमाइसकेकी छन् । जब स्विफ्टले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनको पहिलो म्युजिक एल्बम नै ७९ घण्टामा १० करोडभन्दा बढीले हेरिसकेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments