काठमाडौं । मुटुको शल्यक्रिया जहिले पनि चुनौतीपूर्ण र जोखिम युक्त हुन्छ । तर एउटा नयाँ केस आएको छ जसले कल्पना नगरिएको जोखिम निम्त्याउन सक्छ ।
भिएनामा भएको सम्मेलनको क्रममा प्रस्तुत गरिएको जानकारीमा एक व्यक्तिको मुटुको शल्यक्रिया गर्ने क्रममा आगो लाग्दा समस्या भएको थियो ।
६० वर्षका ती व्यक्तिको मुटुबाट रगत शरीरका अरु भागमा लैजाने धमनीको शल्यक्रिया भइरहेका बेला अकश्मात आगलागी भएको हो । क्रोनिक अबस्ट्रकटिभ पल्मोनरी डिजिज सिओपिडी बाट ग्रशित रहेका ती व्यक्तिको एक वर्षअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो ।
शल्यक्रियाको क्रममा डाक्टरले उनको एउटा फोक्सो छातीको हड्डीमा अड्किएको र त्यसले गर्दा ग्यास जम्मा भएको बेलुन जस्तो बनेको देखे । शल्यचिकित्सकले एउटा बेलुन जस्तोलाई पङ्चर गरे, जसबाट ग्यास लिक भयो ।
बिरामीलाई स्वासप्रस्वासमा समस्या नहोस् भनेर अक्सिजनको मात्रा बढाए । अक्सिजन लिक हुँदा ड्राइ सर्जिकल प्याकमा आगलागी भयो ।
डाक्टरले तत्कालै आगो हटाएर शल्यक्रिया निरन्तरता दिए र सफल शल्यक्रिया गरे । यस सम्बन्धी घटनाको जानकारी आइतबार युरोपियन सोसाइटी अफ एनेसथियोलोजी बैठकमा पेश गरिएको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २२ बुधवार
Comments