काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब र मुम्बईले यो सिजन समान ६ खेल खेलेकोमा समान दुई खेल जितेका छन् ।
समान ४ अङ्क रहेकोमा पञ्जाब तालिकाको आठौँ र मुम्बई नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो । जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजरात सातौँ स्थानमा छ ।
प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार
Comments