काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको बम विस्फोटमा एकजना प्रहरीसहित ९ जना घाइते भएका प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा विस्फोट भएको स्थानीय प्रहरीले बताएको छ । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई क्वेटाको ट्रमा सेन्टर तथा आपतकालीन विभागमा सारिएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक अरबाब कामरानले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र सघन उपचार कक्षमा उपचार भइरहेको छ । प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ । बम फोहोरको छेउमा राखिएको र तीन बालबालिका त्यसमा खेल्दै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार
Comments