काठमाडौं । एफए कपको चौथो चरणमा साविक विजेता म्यानचेस्टर सिटीले टोटनहमसँग खेल्ने भएको छ । सोमबार गरिएको ‘ड्र’बाट पेप ग्वार्डिओलाको टिम सिटीले चौथो चरणमा टोटनहमको यात्रा गर्ने भएको हो । यस्तै पछिल्लो समय लयमा देखिएको एस्टोन भिल्लाले चेल्सीविरुद्ध स्टाम्फोर्ड ब्रिजमा खेल्नेछ ।
सोमबार तेस्रो चरणमा विगन एथ्लेटिकविरुद्ध २–० को जित निकालेपछि १२ पटकको च्याम्पियन म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्युपोर्ट काउन्टी वा एस्टलेहविरुद्ध खेल्नेछ । चौथो चरणमा फुलहमले न्युक्यासल युनाइटेडलाई आतिथ्यता प्रदान गर्दा ब्राइटनले सेफिल्ड युनाइटेडको यात्रा गर्नेछ ।
चौथो चरणका खेलहरू जनवरी २७–२८ मा हुनेछन् । आर्सनललाई यसअघि हराएको लिग लिडर लिभरपुलले चौथो चरणमा ब्रिस्टल रोभर्स वा नर्विच सिटीमध्ये एकसँग खेल्नेछ ।
प्रकाशित मितिः २०८० पौष २४ मंगलबार
Comments