काठमाडौं । अफगानिस्तानविरुद्धको टी–२० सिरिजका लागि भारतले टोली घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । रोहितसँगै विराट कोहली टोलीमा फर्किँदा ऋतुराज गायकवाड र सूर्यकुमार यादव भने चोटका कारण टोलीबाट बाहिरिएका छन् । उनीहरू दक्षिण अफ्रिकासँग खेल्नेक्रममा घाइते भएका थिए ।
दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा रहेका श्रेयस अय्यर, इशान किशन, मोहम्मद सिराज, जसप्रित बुमराह, रवीन्द्र जडेजालाई भने भारतले विश्राम दिएको छ । यस्तै, सञ्जु सासन र शिवम दुबेले टोलीमा पुनरागमन गरेका छन् । भारत र अफगानिस्तानबीचको तीन खेलको टी–२० सिरिज ११ जनवरीदेखि सुरु हुँदैछ ।
भारतीय टोली : रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल, यशस्वी जैसवाल, सञ्जु सामसन (विकेटकिपर), तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), शिवम दुबे, वाशिङ्टन सुन्दर, अक्षर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ।
प्रकाशित मितिः २०८० पौष २३ सोमबार
Comments