काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गरेको छ ।महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनु भएको बताए । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उनको भनाइ छ । महासचिव गुटेरेसले अहिले चिन्ताको विषय हतियारको दौड भएको उल्लेख गरेका छन् ।
आणविक हतियार धेरै भएका देशलाई निःशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न उनले आह्वान गरे । उनले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गरेका छन् ।
गुटेरेसले आणविक हतियार नियन्त्रणका लागि मानिसहरू बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए । एजेन्सी
प्रकाशित मितिः २०८० असोज १० बुधबार
Comments