काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूलाई देशका शक्तिशाली सैन्य प्रतिष्ठानले राजद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको दावी गरेका छन् ।
सोमवार केही ट्विट गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानले भनेका छन्– ‘अहिले लण्डनको पूरा योजना बाहिरिएको । जब म जेलमा थिएँ, तब हिंसाको वहानामा उनीहरुले न्यायाधीश, ज्यरी तथा जल्लादको भूमिका अपनाए ।’
‘अहिले बुशरा बेगम (इमरान खानकी श्रीमती) लाई जेलमा हालेर तथा राजद्रोह कानूनको प्रयोग गरेर आगामी १० वर्षसम्म जेलमा राखेर मलाई अपमानित गर्ने योजना बनाइएको छ’ खानले लेखेका छन् । उनको यो ट्विट आफ्नो लाहोरस्थित आवासमा पीटीआई नेताको बैठकपछि आएको हो ।
७० वर्षीय नेता खान १०० भन्दा बढी मुद्दाको जमानतमा छन् । इमरान खानले शुक्रवार जमानत पाएपछि पनि पुनः पक्राउ पर्ने आशंकाले इस्लामाबाद उच्च न्यायालय ९आईएचसी० परिसरमा घण्टौं बन्द बसेका थिए । यद्यपि शनिवारका दिन उनी लाहोरस्थित आफ्नो घर फर्किएका थिए । एजेन्सी
प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार
Comments