काठमाडौं । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) का अध्यक्षले सार्वजनिक पदमा नियुक्तिमा आचारसंहिता उल्लंघन गरेको पाइएपछि पदबाट राजीनामा दिएका छन् । शार्पले पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई ऋण दिने व्यापारी साम ब्लाइथलाई सन् २०२० को डिसेम्बर महिनामा क्याबिनेट सिक्रेटरी साइमन केससँग भेटघाट गराएका थिए ।
जोनसनले ८० हजार पाउन्ड ऋण लिएका थिए । उक्त ऋणको रकम पाएपछि जोनसनले शार्पलाई बीबीसीमा प्रमुखमा नियुक्त गरेका थिए । आफूले असल नियतका साथ त्यो काम गरेको जिकिर शार्पले लिएका थिए तर ऋण मिलाउने काममा संलग्नताका विषयमा शार्पले पारदर्शी कुरा नराखेको भनी आलोचना गरिएको थियो ।
बीबीसीको हितलाई ध्यानमा राख्दै आफूले राजीनामा दिएको उनको भनाइ छ । आफ्नो उत्तराधिकारी नआउन्जेल जुन महिनासम्म आफू पदमा बस्ने उनले जानकारी दिए । यसअघि शार्पले फूटबल कमेन्टेटर गेरी लिनेकरसँग गरेको व्यवहारको पनि आलोचना भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०८० बैशाख १५ शुक्रबार
Comments