काठमाडौं । चीनका राष्ट्रपति सी चिनपिङले युक्रेनी समकक्षी भोलोदीमीर जेलेन्स्कीसँग कुराकानी गर्ने सम्भावना रहेको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ । अर्को साता रुसको भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेपछि सीले जेलेन्स्कीसँग कुराकानी गर्न सक्ने वाल स्ट्रीट जर्नलले स्रोतहरूको हवाला दिँदै खबर दिएको हो ।
जेलेन्स्कीसँग सीले भर्चुअल कुराकानी गर्ने सम्भावना छ । युक्रेन युद्ध शुरू भएपछि सीले पहिलोपटक जेलेन्स्कीसँग कुरा गर्न लागेका हुन् ।
युद्ध अन्त्य गर्नका लागि सक्रिय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीन तत्पर देखिन्छ । चीनले गत २४ फेब्रुअरीमा युद्ध अन्त्यका लागि १२ बुँदे शान्ति प्रस्ताव समेत सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मितिः २०७९ फागुन २९ सोमबार
Comments