काठमाडौं । शनिवार २४ घन्टाभित्र रुसका १ हजार ९० सैनिकहरूको मृत्यु भएको युक्रेनी सेनाले दाबी गरेको छ । बाखमुतमा भइरहेको भीषण लडाइँमा रुस र युक्रेन दुवै पक्षका सैनिकहरू ठूलो संख्यामा हताहत भइरहेका छन् ।
रुसीहरूले आठवटा ट्यांक, सातवटा सशस्त्र वाहन, चारवटा आर्टिलरी गन तथा चारवटा हवाई प्रतिरक्षा प्रणाली समेत गुमाएको युक्रेनीहरू दाबी गर्छन् । यसैबीच डोनेत्स्कको भुहलेदारमा रुसले थर्माइट रेन नामक घातक बम प्रहार गरेको बताइएको छ ।
आवासीय क्षेत्रमा उक्त बम प्रहार गरी रुसले युद्धअपराध गरेको आरोप युक्रेनीहरूले लगाएका छन् । थर्माइट आलुमिनियम र आइरन अक्साइड जस्ता धातुबाट बन्छ र यसलाई विस्फोटक पदार्थका रूपमा उपयोग गर्न मिल्छ ।
यसको विस्फोटबाट भयंकर आगो लाग्छ र त्यसलाई निभाउन निकै गाह्रो हुन्छ । यो निकै नै तातो हुन्छ र यसले सैन्य उपकरणलाई नष्ट गर्नुका साथै छाला समेत डढाइदिन्छ । एजेन्सी
प्रकाशित मितिः २०७९ फागुन २९ सोमबार
Comments