काठमाडौं । कांग्रेस संसदीय दलकी प्रमुख सोनिया अस्वस्थ भएपछि सर गंगाराम अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको छ। अस्पतालले जारी गरेको बुलेटिनमा यो जानकारी दिइएको हो।
सोनिया गान्धीलाई ज्वरो आएपछि ‘चेस्ट मेडिसिन’ विभागका प्रमुख डा. अरूप बसु र उनको टोलीको निरीक्षणमा बिहीवार भर्ना गरिएको अस्पतालले जनाएको छ। बुलेटिनमा भनिएको छ, ‘सोनिया गान्धी डाक्टरको निगरानीमा छिन् र उनको जाँच भइरहेको छ। उनको अवस्था स्थिर छ।’
राहुल गान्धी विदेश भ्रमणमा रहेका वेला सोनिया गान्धीको स्वास्थ्य बिग्रिएको हो। उनी बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा प्रवचन दिन गएका छन्। सोनिया गान्धीको स्वास्थ्य यसअघि पनि बिग्रिएको थियो। कोभिडपछि सोनिया गान्धीको स्वास्थ्य दिनानुदिन खराब हुँदै गएको छ।
प्रकाशित मितिः २०७९ फागुन १९ शुक्रबार
Comments