काठमाडौं । तालिबानले महिला शिक्षाका लागि आवाज उठाउने अफगानी प्राध्यापकलाई पक्राउ गरेको छ । राजधानी काबुलका सडकमा निःशुल्क पुस्तक वितरण गरिरहेको बेला उनलाई पक्राउ गरिएको हो ।
तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेको बारे कुनै टिप्पणी गरेको छैन, तर तालिबान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीमाथि सही व्यवहार गरिएको दाबी गरेका छन् ।
इस्माइल मशाल टिभीमा प्रत्यक्ष प्रसारणका क्रममा आफ्नो शैक्षिक कागजात र डिग्री च्यातेपछि चर्चामा आएका थिए । उनले महिला र केटीहरूको शिक्षामा प्रतिबन्धको विरोध गरेका थिए । गत महिना, उनले बीबीसी अफगान सेवासँगको कुराकानीमा पुरुष महिलाको अधिकारका लागि उभिनुपर्ने बताएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७९ माघ २० शुक्रबार
Comments