काठमाडौं । भारतको केन्द्र सरकारले बुधवार प्रस्तुत गरेको बजेटमा मध्यमवर्गलाई आकर्षित गर्ने योजना ल्याइएको छ । अर्थमन्त्री निर्मला सीतारमणले नयाँ आयकर स्ल्याबको घोषणा गरेकी छन् र त्यसबाट मध्यमवर्गीय परिवार लाभान्वित हुनेछ ।
अब वर्षको सात लाख भारु कमाउने व्यक्तिले कुनै पनि आयकर तिर्नुनपर्ने भएको छ । सन् २०२४ मा हुन लागेको आमनिर्वाचनलाई ध्यानमा राख्दै मोदी सरकारले मध्यमवर्गलाई खुशी पार्ने पहल गरेको विश्लेषण भइरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ माघ १८ बुधबार
Comments